ताजा समाचार


कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार ५६१ पुग्यो

 नेपाल बाहक    ८ असार २०७७, सोमबार १२:२९     239 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा ९ हजार ५६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज मात्र पाँच सय ३५ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नौ हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।