ओखलढुंगाका । ओखलढुंगामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । मंगलवार बिहान मानेभञ्ज्याङ गाउँपालिका बाट थाक्लेतर्फ जाँदै गरेको ट्याक्टर मानेभज्याङ गाउँपालिका–६ देउरालीमा दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको पश्चिम बंगाल बस्ने २७ वर्षीय संजय बरमन रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । नम्बर नलेखिएको ट्याक्टरको अगाडिको भाग अनियन्त्रित भएर सडकभन्दा करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।