काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । यो संगै मृतकको संख्या २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुष मृत्यु भएको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको जानकारी दिए । मृतक क्षयरोग र दमको बिरामी थिए ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ ।