रामेछाप । लिखुतामाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले जनताको कर बाट उठेको पैसाको दुरुपयोग हुन नदिने बताउनु भएको छ । लिखुतामाकोसि गाउँपालिकाको सातौँ गाउँसभालाई बुधवार धोबिमा सम्बोधन गदैँ यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले लिखुतामाकोसि गाउँपालिकाको जनताको लागि सधै लागि पर्ने बताउनु भयो ।
आफुले चुनावमा गरेको बचा नबिर्सेको समेत बताउनु भयो । अध्यक्ष खड्काले उज्यालो लिखुतामाकोसिको लागि दिन रात खटेको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै खड्काले गाउँपालिकामा भएको झगडा इकिँत गदैँ आफुले झगडा नगरि आफु माथि भएको न्यायको लागि न्यालय गएको बताउनु भयो । कार्यक्रममा उहाँले जनताको चाहान अनुसारको बिकास गर्न नसकेको स्वकार गदैँ दुुख ब्यक्त गर्नु भयो ।
रामेछापको लिखुतामाकोसि गाउँपालिकाको सातौँ गाउँसभा बुधवार सम्पन्न भएको छ । बागमति प्रदेशका प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलको प्रमुख अतिथ्यता तथा लिखुतामाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काको अध्यक्षतामा सम्पन्ना भएको थियो ।
लिखुतामाकोसि गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रम उपअध्यक्ष दिपशिखा दाहालले सर्बजनिक गर्न भएको थियो । उपाअध्यक्ष दाहालले आर्थिक बर्ष २०७७÷७८ को लागि ५९ करोड ११ लाख ८ हजार २५० बराबरको निति तथा कार्यक्रम सर्बजनिका गर्नु भएको थियो । निति तथा कार्यक्रममा प्रस्तुत गदैँ उपाअध्यक्ष दहालले प्रत्येक वडामा पर्यटकिय स्थालको निमार्ण गरिने , दुरागाउँमा भ्युउ टावर निमार्ण गरिने बातउनु भयो । एक वडा एक पकेट क्षेत्र बनाउने स्वास्थ्य तथा शिक्षालाई प्रथामिता दिने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले लिखुतामाकोसि गाउँपालिका भित्रका वास्तबिक समस्यालाई सम्बोधन गर्न छिटो छरितो र प्रतिफल युक्त बिकासलाई प्रबन्धन गर्न र न्युनतम स्रोतसाधन अधिकतम उपलब्धि हासिल गर्नु निति तथा कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनु भयो ।