ताजा समाचार


 सामाजिक दुरी कार्यान्वयनलाई प्रभाकारी बनाउन नागरीक समाजको माग

 नेपाल बाहक    ११ असार २०७७, बिहीबार १२:३१     437 जनाले पढ़िसके

रामेछाप । रामेछापको नागरिक समाजले बजार क्षेत्रमा सामाजिक दुरी कायम गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गरेको छ । नागरिक समाज र पत्रकार बीच बिहिवार गते भएको भिडियो कन्फेरेन्समा सरोकारवालालाई सो विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककको समन्वय तथा मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कन्फेरेन्समा सहभागिले मन्थली बजारमा सामाजिक दुरी कायम गरी व्यापार व्यवसाय गर्ने तथा हरेक पसलको बाहिर सेनिटाइजर, हातधुने सावुन पानीको व्यवस्था गर्ने गरी जिल्ला विपत व्यवस्थापन केन्द्रमा निर्णय भएको भए पनि व्यवसायीले त्यसको पालना नगरेको बैठकका सहभागिले बताए ।
यसैगरी स्वास्थ्य संस्थामा जाने बिरामी प्रति केही स्वास्थ्यकर्मीले रुखो व्यवहार गरेको प्रति पनि ध्यानाकर्षण भएको सहभागिले बताए । उनीहरुले स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड पुरा गरी सेवाग्राहीलाई गर्ने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने बताएका छन् ।
त्यस्तै क्वारेन्टाइनको गुणस्तर सुधारमा अझ ध्यान दिनुपर्ने पनि नागरिक अगुवा तथा पत्रकारहरुको भनाई छ ।
मानअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको बैठकमा विपत्को समयमा नागरिक समाजको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।
भिडियो कन्फेरेन्समा उपलब्ध नभएका नागरिक अगुवा तथा सञ्जा सदस्यले टेलिफोनबाट पनि सुझाव प्रदान गरेका थिए ।