ताजा समाचार


रामेछापमा चार सय २७ जनाको स्वाव संकलन : ३७ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १२ असार २०७७, शुक्रबार ०९:४९     298 जनाले पढ़िसके

रामेछाप । रामेछापमा चार सय २७ जनाको स्वाव संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले शुक्रवार प्रेस बिज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको छ । बिज्ञप्तिमा शुक्रवार मात्र ११ जनाको स्वाव संकलन गरिएको जानकारी गराइएको छ । हाल सम्म संकलन गरिएको स्वावमा ३ सय ६७ जनाको रिर्पोट नेकेटिभ अएको छ भने २३ जनाको पोजेटिभ र ३७ जनाको रिर्पोट आउन बाकिँ रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
त्यस्तै रामेछापमा १ सय ४ जना क्वारेन्टिनमा रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । मन्थली नगरपालिकामा १४ जना, रामेछाप नगरपालिकामा २० जना , उमाकुण्ड गाउँपालिकामा १० जना , खाडादेबि गाउँपालिकामा २२ जना , गोकुलगंगा गाउँपालिका ५ जना, लिखुतामाकोसि गाउँपालिकामा ३० जना र सुनपाति गाउँपालिकामा ३ जनालाई क्वारेन्टिनमा रहेका छन् ।