रामेछाप । रामेछाप जिल्लामा चार सय २७ जनाको स्वाव संकलन गरिएकोमा ३३ जनाको रिर्पोट आउन बाकिँ रहेको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार ३ सय ७१ जनाको रिर्पोट नेकेटिभ आएको छ भने २३ जनाको पोजेटिभ आएको छ । त्यस्तै रामेछापमा १ सय ४ जना क्वारेन्टिनमा रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । मन्थली नगरपालिकामा १४ जना, रामेछाप नगरपालिकामा २० जना , उमाकुण्ड गाउँपालिकामा १० जना , खाडादेबि गाउँपालिकामा २२ जना , गोकुलगंगा गाउँपालिका ५ जना, लिखुतामाकोसि गाउँपालिकामा ३० जना र सुनपाति गाउँपालिकामा ३ जनालाई क्वारेन्टिनमा रहेका छन् ।