रामेछाप । रामेछाप जिल्लामा चार सय २९ जनाको स्वाब संकलन गरिएको छ । हाल सम्म परिक्षण गरिएको मध्ये ३ सय ७१ जनाको रिर्पोट नेकेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले प्रेश बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । स्वास्थ्य कार्यलय रामेछाप जारी गरेको बिज्ञप्ति अनुसार २३ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ३५ जनाको रिर्पोट आउन बकिँ रहेको छ ।
मन्थली नगरपालिकामा ७२ जना, रामेछाप नगरपालिकामा ५८ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना , खाडादेबिमा ३३ जना, गोकुलगंगामा १०८ जना, दोरम्वामा १२ जना, लिखुतामाकोसि ८५ जना र सुनपातिमा ७ जनाको स्वाब परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछाप जिल्लाका बिभिन्न स्थानिय तहमा १ सय ११ जना क्वारेन्टिमा रहेका छन् । मन्थली नगरपालिकामा २१ जना, रामेछाप नगरपालिकामा २० जना, उमाकुण्ड गाउँपालिकामा १० जना , खाडादेबिमा २२ जना, गोकुलगंगामा ५ जना, लिखुतामाकोसि ३० जना र सुनपातिमा ३ जनालाई क्वारेन्टिमा राखिएको जिल्ला स्वास्थ्य कायलय रामेछापले जनाएको छ ।