ताजा समाचार


भालुखोप डाडाँलाई पर्यटकिय हव बनाउने रामेछाप नगरपालिकाको योजना

 नेपाल बाहक    १४ असार २०७७, आईतवार १२:५४     696 जनाले पढ़िसके

रामेछाप । रामेछाप नगरपालिकाले भालुखोप डाडाँलाई पर्यटकिय हब बनाउने योजना सहित होमस्टे aसन्चालन गर्ने तयारी गरेको छ । अन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउनको लागि भालुखोपमा होमस्टे सन्चालन गर्ने तयारी थालिएको हो । रामेछाप नगरपालिकाले होमस्टे व्यवस्थापनका लागी स्थानिय १४ जनालाई तालिमको आयोजना गरेको छ । भालुखोप सामुदायिक होमस्टे दर्ता भईसकेको र अब छिट्टै सन्चालन गर्ने तयारीमा रहेको होमस्टेका अध्यक्ष लाल बहादुर तामाङले जानकारी दिनुभयो ।
रामेछाप नगरपालिकाले होमस्टे सन्चालन गर्न ईच्छुक घरधनीहरुलाई आवश्यक पर्ने सामाग्रीहरु र तालिमको व्यवस्था गरेको छ । भालुखोपको होमस्टेमा तामाङ जातीका कला , संस्कृति र स्थानिय खानाका परिकारहरुलाई प्राथमिकता दिन रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आग्रह गर्नुभएको छ । भालुखोप डाँडालाई होमस्टेको माध्येमबाट पर्यटकिय हब बनाउने योजना आफुहरुको रहेको उहाँले बताउनुभयो । रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम उपसचिव सुकदेव नेपालले भालुखोपमा होमस्टे सन्चालनमा आएपछि नगरपालिकामा पर्यटकहरु भित्रने बताउनुभयो । भालुखोप डाँडा आसपासमा पर्यटकिय एवम धार्मिक स्थल ताराखसे पोखरी र गणेशटार मन्दिर रहेका छन भने भालुखोप डाँडामा भ्युटावर निर्माणधिन अवस्थामा छ ।