दोलखा । दोलखा जिल्ला आइतवार दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै दोलखामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । भने एक जनाको ज्यान गएको छ । गौरिशंकर गाउँपालिकाको क्वारेन्टिमा बसेका एक महिला र एक पुरुषमा आज कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय दोलखाले जनाएको छ । कोरोना पोजेटिभ आएका पुरुष भारत र महिला कतारबाट आएको स्वास्थ्य कार्यलय जनाउको छ । उनिहरुको सम्पर्कमा आएका सबैको स्वाव संकलनको तयारी गरिएको छ ।