ताजा समाचार


रामेछापमा पनि मनाइयो राष्ट्रिय धान दिवस

 नेपाल बाहक    १५ असार २०७७, सोमबार १३:२५     379 जनाले पढ़िसके

रामेछाप । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस , रामेछापमा पनि विभिन्न स्थानमा धान रोपई गरी मनाइएको छ । कृषि क्षेत्रसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले रोपाईलाई उत्सवका रुपमा मनाएका छन् । असारलाई मानो रोपेर मुरी फलाउने समयका रुपमा लिइन्छ । जिल्लाको विभिन्न स्थानमा जस्तै मन्थली नगरपालिका नगरपालिका वडा नं १३ फुलासी मिल्ती फाँटमा धान रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसका अवसरमा आयोजित रोपाई महोत्सवको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले हलो जोतेर गरेका थिए । रोपाई महोत्समा नगरप्रमुख बस्नेतले नेपालको प्रमुख बाली धानको वृद्धि विकासले नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने बताए । प्रयाप्त सिंचाई सुविधा रहेका नगरका उर्वर फाँटहरुमा धान खेती गर्न किसानहरुलाई उनले सुझाव दिए । परम्परागत रुपमा संचालित लगाइने धान खेती लगाएत सम्पुर्ण कृषि प्राणलीमा यन्त्रीकरण गर्नुपर्नेमा उनको जोड छ । यता सदरमुकाम मन्थली स्थित सानीमदौ फाटमा पनि कृषि ज्ञान केन्द्र रामेछापले रोपाई कार्यकक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।