ताजा समाचार


रामेछापमा चार सय २९ जनाको स्वाब परिक्षण : २३ जनाको रिर्पोट पोजेटिभ

 नेपाल बाहक    १५ असार २०७७, सोमबार १३:४६     239 जनाले पढ़िसके

रामेछाप । रामेछापमा ४ सय २९ जनाको स्वाब परिक्षण गरिएको छ। जसमध्ये ४ सय ३ जनाको रिपोर्ट नेगेटिभ र २३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रामेछापका प्रेस बिज्ञप्ति जारी गरि जनाकारी गराएको छ । सोमबार सम्मा मन्थली नगरपालिमा ७२ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २२ जनाको पीसीआर परीक्षणका गरिएको छ । कोरोना पुष्टि भएका १३ जनालाई कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको छ भने ७ जनाको जिल्ला अस्पताल र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।