काठमान्डौँ । ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना भाइरस सङ्क्रणको पुष्टि भएको छ । सङ्क्रमित खेलाडीहरुको नाम सार्वजनिक नगरिएको समचारमा उल्लेख गरिएको छ । उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर च्याम्पियनशिप शुरु गर्ने तयारी गरिएको हो । ब्राजिलमा १४ लाखभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित पुगिसकेका छन् भने ५९ हजार ६ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।