ताजा समाचार


तेस्रो मुलुकबाट दोलखा आएका थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    १८ असार २०७७, बिहीबार ११:५८     263 जनाले पढ़िसके

दोलखा । तेस्रो मुलुकबाट दोलखा आएका एक जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरापलिकाको क्वारेन्टिनमा बसीरहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने महिलाको बारेमा बिवरण लिने काम भइरहेको स्वास्थ्य कार्यलय दोलखाले जनाएको छ । संक्रमीत पुरुषको स्वाव १४ गते संकलन गरि काभ्रे स्थित धुलिखेल अस्पताल पठाइएको थियो । पिसिआर विधिबाट गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका जनाएको छ ।