ताजा समाचार


कोरोना संक्रमितको संख्या १५ हजार नाध्यो

 नेपाल बाहक    १९ असार २०७७, शुक्रबार ११:५२     265 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा शुक्रवार थप सात सय ४० जनामा कोरोना पुष्टि भएको छ । शुक्रवार थप भएका संक्रमित सहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार थप सात सय ४ संक्रमित भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हो ।