ताजा समाचार


रामेछापमा चार जनाको स्वाब परिक्षण रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १९ असार २०७७, शुक्रबार १२:०२     368 जनाले पढ़िसके

रामेछाप । रामेछापमा चार सय ३४ जनाको स्वाव परिक्षण गरिएको छ । जसमा चार जनाको स्वाब परिक्षणको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
यसमध्ये ४ सय ७ जनाको पीसीआर नेगेटिभ , २३ जनाको पोजेटिभ रिपोर्ट आएको र ४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ७३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २६ जनाको पीसीआर परीक्षणका गरिएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय १२ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ८ र पुरुष १ सय ४ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा २८ , रामेछाप नगरपालिकामा २२ , गोकुलगंगा गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा २ , खाँडादेवी गाउँपालिकामा १२ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय १२ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए ।