ताजा समाचार


कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

 नेपाल बाहक    १९ असार २०७७, शुक्रबार १२:१६     274 जनाले पढ़िसके

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जानको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगको छ । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।