ताजा समाचार


रामेछापमा ८६ प्रतिशत निजिआवस पुर्ननिमार्णको कार्य सम्पन्न

 नेपाल बाहक    २१ असार २०७७, आईतवार १२:२२     353 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा ८६ प्रतिशत निजिआवस पुननिमार्ण सम्पन्न भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति भएका निजि आवास निर्माणमा सो प्रगति पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाई आवासले जनाएको छ ।
जिल्लामा हालसम्म ९९ प्रतिशतले प्रथम किस्ताको रकम बुझेका छन् । त्यसैगरी ८३.८२ प्रतिशत दोस्रो किस्ताको रकम लिएको पुननिमार्ण प्रधिकरण रामेछाप प्रमुख गणेश अर्यालले जनाकारी दिनुभयोे । आइतबार ट्रान्सपरेन्सि इन्टरनेशनल नेपाल रामेछापले आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
जिल्लामा ४९ हजार ९ सय ४२ लाभग्रही रहेका थिए । जस मध्ये ९९ प्रतिशतले प्रथम, ८३.८२ प्रतिशतले दोस्रो र ८६ प्रतिशतले तेस्रो किस्ताको रकम लिएको प्रमुख अर्यालले बताउनु भयो । रामेछाप जिल्लामा निजिआवस पुनः निमार्णको लागि करिव ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको समेत उहाँले जानकारी दिनुभयो ।
सो छलफलमा जिल्लामा नागरिकले चाहेको समयमा सरकारी निकायबाट सुचना नसकेको ट्रान्सपरेन्सि इन्टरनेशनल नेपाल रामेछापले जानकारी दियो । विकास निमार्ण तथा आयोजनामा सशासनका न्युनतमा मापदण्ड पनि पुरा नभएको पनि उसको प्रतिवेदनमा उल्लेख छ । विश्वभर फैलिएको कोभिड १९ को बेलाको खर्चको पारदशिर्ता नभएको समेत उसले जनाएको छ ।