ताजा समाचार


मन्थली नगरस्तरीय बाल अधिकार समिति गठन

 नेपाल बाहक    २१ असार २०७७, आईतवार १२:३२     449 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकामा नगरस्तरीय बाल अधिकार समिती गठन भएको छ । नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको संयोजकत्वमा आइतबार बनेको समिति ११ सदस्सिय रहेकाको छ ।
समितिमा प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरला, रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठक लगाएतका ११ जना रहेका छन् ।
त्यस्तै नगरपालिकाको बाल अधिकार संरक्षण सम्बन्धी कार्यविधि मस्यौदा तयार गरी नगर स्तरीय बाल अधिकार संरक्षण समिति समक्ष पेस गर्न ५ सदस्य कार्यदल गठन गरिएको छ । अधिकृत गोबिन्द कटे्लको संयाजकत्वमा कार्यदल गठन भएको हो ।