ताजा समाचार


नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार सात सय नाध्यो

 नेपाल बाहक    २१ असार २०७७, आईतवार १२:५२     311 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा आइतबार थप २९३ जनामा कोरोना पुष्टि भएको सो संगैँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ ।
सङ्क्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएको र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।