ताजा समाचार


नेपालमा कोरोना संक्रमित हुनेको संख्या १६ हजारको नजिक

 नेपाल बाहक    २२ असार २०७७, सोमबार १३:२२     329 जनाले पढ़िसके

काठमाण्डौ । नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार सात सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट दुई लाख ५५ हजार सात सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म तीन लाख ११ हजार सात सय २४ जनाको परीक्षण भएको छ ।
अहिले देशभरिका क्वरेण्टीनमा २९ हजार दुई सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार एक सय १८ जनाको उपचार भइरहेको छ ।