रामेछाप । रामेछापमा १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । तेस्रो मुलकबाट आएका २३ जना कोरोना संक्रमणको पुष्टि भएको थियो । हालसम्म १७ जनालाई कोरोना निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनु भयो । कर्णका अनुसार ५ जना कोरोना संक्रमितकोे आइसोलेशनमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । यसअघि विभिन्न समयमा मन्थली नगरपालिकामा २ जना , गोकुलगंगा गाउँपालिकामा ११ जना र लिखुतामाकोशी गाउँपालिकामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।