ताजा समाचार


सरकारले जारी गरेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गर्न रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    २३ असार २०७७, मंगलवार ०५:०५     303 जनाले पढ़िसके

रामेछाप । सरकारले जारी गरेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड कडाईका साथ पालन गर्न रामेछाप प्रशासनको अनुरोध गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय रामेछापले एक सुचना जारी गरि घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउन, सरकारी तथा गैर सरकारी संस्था, बैँक, बित्तिय संस्था समाजिक दुरी कायम गरी सेवा प्रवाह गर्न अनुरोध गरिएको छ ।
रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले हस्ताक्षर गरेको सुचनामा अनआवश्यक भिडभाड नगर्न, सेवा प्रदायक र ब्यवसायिले सुरक्षाका मापदण्ड पालन गर्न र नेपाल सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षाका मापदण्ड कडाईका साथका पालन गर्न अनुरोध गरिएको छ । साथै सरकारबाट जारी गरेको मापदण्डको अवज्ञा गरे प्रचलित कानुन अनुसार कारबाहि गरेने समेत उल्लेख गरिएको छ ।