रामेछाप । रामेछापमा बुधवार सम्म चार सय ७९ जनाको स्वाब परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले पे्रस बिज्ञप्ति जारी गरि सो कुराको जानकारी गराएको हो । २३ जनाको रिर्पोट पोजेटिभ, चार सय ११ जनाको रिर्पोट नेकेटिभ र ४५ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
मन्थली नगरपालिकामा ७३ जना, रामेछाप नगरपालिकामा ५८, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडाँदेबि गाउँपालिकामा ३३ जना, दोरम्वा गाउँपालिकामा १२ जना, गोकुलगंगा गाउँपालिकामा १५३ जना, लिखुतामाकोसि गाउँपालिकामा ८५ जना र सुनपाति गाउँपालिकामा ७ जनाको स्वाब परिक्षण गरिएको हो ।
त्यस्तै रामेछापमा जिल्लामा एक सय १८ जनालाई क्वारेन्टिमा राखिएको छ । बिभिन्न तेस्रो मुलकबाट आएकाहरुलाई स्थानिय तहले निमार्ण गरेको क्वारेन्टिनमा राखिएको हो । रामेछाप जिल्लाका ९ जना महिला र एक सय ९ जना पुरुष क्वारेन्टिमा रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
बुधवार सम्म मन्थली नगरपालिकामा ३२ जना, रामेछाप नगरपालिकामा १७, उमाकुण्ड गाउँपालिकामा १० जना, खाडाँदेबि गाउँपालिकामा १७ जना, दोरम्वा गाउँपालिकामा २ जना, गोकुलगंगा गाउँपालिकामा ५ जना, लिखुतामाकोसि गाउँपालिकामा ३२ जना र सुनपाति गाउँपालिकामा ३ जना क्वारेन्टिमा रहेका छन् । भने जिल्लामा एक सय ८५ महिला र सात सय ७ जना पुरुष गरि ८ सय ९२ आरडिभि परिक्षण गरिएको छ ।