ताजा समाचार


रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

 नेपाल बाहक    २६ असार २०७७, शुक्रबार १३:२६     340 जनाले पढ़िसके

रामेछाप । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रवार मदनआश्रित चोक नजिकै केशव घिमिरेको निर्माणाधिन घर वाहिर करेन्ट लागेर मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका अन्दाजी २५ वर्षिये गजेन्द्र बहादुर खड्काको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।
निर्माणाधिन घर बाहिर नजिकैको तामाकोशी बोर्डिङ स्कुलबाट ल्याएको बिजुलीको तार चलाउने क्रममा करेन्ट लागेर खड्काको ज्यान गएको उनको भनाई छ । ज्यान गुमाएका खड्का केशव घिमिरेले मन्थली स्थित भैसेश्वरमा संचालन गरेको लक्ष्मी आयल स्टोरमा कार्यरत रहेको बताइएको छ ।