रामेछाप । रामेछाप जिल्लामा रामेछापमा चार सय ८८ जनाको स्वाव परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको हो । हाल सम्म परिक्षण गरिएको मध्ये चार सय ६५ को रिर्पोट नेकेटिभ आएको भने २३ जनाको पोजेटिभ आएको बिज्ञप्तिमा जनाइएको छ ।
शुक्रवार सम्म जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा २६ जना ,मन्थली नगरपालिकामा ७३ जना, रामेछाप नगरपालिकामा ५८.जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना,गोकुलगंगा गाउँपालिकामा १५३ जना ,दोरम्वा गाउँपालिकामा १२ जना, लिखुतामाकोसि गाउँपालिकामामा ९१ जना र सुनपाति गाउँपालिकामामा १० जनाको स्वाब परिक्षण गरिएको जनाइएको छ ।
भने रामेछाप जिल्लामा ७ महिला र १०७ महिला गरि एक सय १४ जनालाई क्वारेन्टिमा राखिएको छ । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा २० , रामेछाप नगरपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , खाँडादेवी गाउँपालिकामा १७ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३३ जना गरी १ सय १४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।