ताजा समाचार

रामेछापमा पाचँ सय ८ जनाको स्वाव परिक्षण : २० जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २७ असार २०७७, शनिबार १२:४१     245 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा रामेछापमा पाचँ सय ८ जनाको स्वाव परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापले शनिबार प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएको हो । हाल सम्म परिक्षण गरिएको मध्ये चार सय ६५ को रिर्पोट नेकेटिभ आएको भने २३ जनाको पोजेटिभ र २० जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा जनाइएको छ ।
शनिबार सम्म जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा २६ जना ,मन्थली नगरपालिकामा ९३ जना, रामेछाप नगरपालिकामा ५८.जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना,गोकुलगंगा गाउँपालिकामा १५३ जना ,दोरम्वा गाउँपालिकामा १२ जना, लिखुतामाकोसि गाउँपालिकामामा ९१ जना र सुनपाति गाउँपालिकामामा १० जनाको स्वाब परिक्षण गरिएको जनाइएको छ ।
भने रामेछाप जिल्लामा ७ महिला र १०७ महिला गरि एक सय १३ जनालाई क्वारेन्टिमा राखिएको छ । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा १९ , रामेछाप नगरपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , खाँडादेवी गाउँपालिकामा १७ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३३ जना गरी १ सय १३जनालाई क्वारेन्टिनमा राखिएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।