काठमान्डौँ । नेपालमा मनसुन सुरु भए यता ७५ जनाको बढिपहिरोमा परी ज्यान गएको छ । भने ४२ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ यता बाढी पहिरो र डुबानमा परेर ७५ जनाको मृत्यु भएको हो ।
असार २८ गते आज आइतबार विहान १० बजेसम्म प्राधिकरणमा प्राप्त तथ्यांक अनुसार सबैभन्दा धेरै २७ जनाको म्याग्दीको पहिरोमा परेर मृत्यु भएको छ । यसैगरी जाजरकोटमा १०, कास्कीमा ७, सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ ।
यसैगरी जाजरकोटबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौजनाको मृत्यु भएको हो । अझै ५ जना बेपत्ता छन् ।
यस्तै कास्कीमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सराङकोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।
यसैगरी सिन्धुृपाल्चोकको पहिरोमा परेर सबैभन्दा बढी २० जना वेपत्ता भएका छन् । संखुवासभामा १०, म्याग्दीमा ४ र जाजरकोटमा ४ जना वेपत्ता रहेको छन् ।