ताजा समाचार


आइतवार थप ८२ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २८ असार २०७७, आईतवार १२:२५     242 जनाले पढ़िसके

काठमान्डौँ । आइतवार नेपालमा थप ८२ जनामा कोभिड १९ संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालतमा कोरोना संक्रमितको संख्या १६ हजार आठ सय १ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।