ताजा समाचार


बढिपहिरो ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाको राहत दिने बागमती प्रदेशको निणर्य

 नेपाल बाहक    २८ असार २०७७, आईतवार १३:४३     231 जनाले पढ़िसके

हेटौंडा । बढिपहिरोमा परि ज्यान गुमाएका परिवारलाई एकलाख रुपैयाको राहत दिने बागमती प्रदेशले निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतवार बसेको बैठक प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
एक महिनाको अबधिमा बाढी पहिरोमा परी बागमती प्रदेशमा २५ जनाको ज्यान गएको छ भने देशभर ७५ जनाको ज्यान गएको छ ।
त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनु भयो।