ताजा समाचार


रामेछापमा साउनबाट राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन गरिने

 नेपाल बाहक    २९ असार २०७७, सोमबार १४:०२     369 जनाले पढ़िसके

रामेछाप । रामेछापमा साउन १ गते बाट राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन गरिने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय रामेछाप बसेको सर्वदलिय बैठकमा सो बिषयमा जनकारी गराइएको हो ।
रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट गरिने बताउनु भयो । सरकारले २०७५ सालमा पाँचथर जिल्ला बाट सुरु गरेको यो कार्यक्रम आर्थिक बर्ष २०७७ ÷७८ देखि भने रामेछापमा पनि सुरुवात हुने भएको हो ।
नागरिकहरुको बैयक्तिक तथा जैबिक बिबरण भएको राष्ट्रिय पहिचान सहितको सुबिधा युक्त बहुउपयोगि प्रमाणपत्रका रुपमा लिइएको यस परिचयपत्र भएपछि अन्य सरकारी परिचय पत्रहरु साथमा राख्नुपर्र्ने झन्झट बाट मुक्त हुने बताइएको छ । परिचय पत्रका लागि बिबरण भर्न सम्बन्धीत ब्यक्ति स्वयम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताउनु भयो । साउन महिना देखि विवरण सङ्कलन गरिने र परिचय पत्र बितरण भने फागुन देखि मात्र गरिने पनि उहाँले बताउनु भयो ।