ताजा समाचार


रामेछापमा छुरा प्रहार गरि एक जनाको हत्या

 नेपाल बाहक    ३० असार २०७७, मंगलवार ०५:१०     483 जनाले पढ़िसके

रामेछाप । रामेछापमा छुरा प्रहार गरि एक जनाको हत्या भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा २ निबासि ५० बर्षिय दिल बहादुर श्रेष्ठले आफै छिमेकि ६२ बर्षिय बनोद श्रेष्ठ, आफनै २५ बर्षिय भतिज प्रेम बहादुर श्रेष्ठ र गाउँकै अर्का छिमेकि ३५ बर्षिय नारायण श्रेष्ठ लाई छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट गभ्भिर घाइते भएका बिनोद श्रेष्ठको उपचार क्रममा तामाकोसि अस्पतालमा मन्थलीमा ज्यान गएको छ भने अन्य दुईको थप उपचार भइरहेको छ । घाइते मध्ये एकको काठमाडौंको ट्रमा सेन्टर उपचारको लागि पठाइएको छ भने अर्को एक जनाको तामाकोसि अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यलय रामेछाका अनुसार छुरा प्रहार गर्ने दिलबहादुर श्रेष्ठलाई सोमबार राति नैै नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान सुरु गरिसकेको रामेछाप प्रहरीले जनाएको छ ।