ताजा समाचार


रामेछापमा पाचँ सय ८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण : ९७ जना क्वारेन्टिमा

 नेपाल बाहक    ३० असार २०७७, मंगलवार १०:०९     257 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्ला मंगलबार सम्म पाचँ सय ८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हल सम्म गरिएको परिक्षणमा २३ जनाको पोजेटिभ र ४८५ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।
जिल्ला अस्पताल रामेछापमा २६ जना, मन्थली नगरपालिकामा ९३ जना, रामेछाप नगरपालिकामा ५८ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगा गाउँपालिकामा १५३ जना, दोरम्वा गाउँपालिकामा १२ जना, लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा १० जनाको पिसिआर बिधिबाट कोरोना भाइसरको परिक्षण गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछाप जिल्लामा ४ जना महिला र ९३ पुरुष गरि ९७ जनालाई क्वारेन्टिनमा राखिएको छ । तेस्रो मुलुक बाट आएको ९७ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
मन्थली नगरपालिकामा १७ जना, रामेछाप नगरपालिकामा २२ जना, उमाकुण्ड गाउँपालिकामा १० जना, खाडादेबि गाउँपालिकामा १७ जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्वा गाउँपालिकामा ४ जना, लिखुतामाकोसि गाउँपालिकामा १४ जना र सुनपाति गाउँपालिकामा ३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।