ताजा समाचार


ओखलढुंगामा थप एक जनामा कारोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ३० असार २०७७, मंगलवार १२:१४     240 जनाले पढ़िसके

ओखलढुंगा । ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । साउदीबाट आएका २४ बािर्षयका एक युवकमा मंगलबार संक्रमणको पुष्टि भएको हो । ति युवालाई ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टीन राखिएको थियो । संक्रमित युवा सुनकोशी गाउँपालिका ५ का रहेको स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।
आईतबार जिल्लाका बिभिन्न क्वारेन्टीनमा रहेका २१ जना ब्यक्तीको स्वाब संकलन गरेर परिक्षणमा पठाईएका मध्ये एकजनामा मात्रै कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताउनु भयो । अन्य २० जनाको भने परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।