रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को लागि कुल ८४ करोड ७२ लाख रुपैँयाको बजेट पास गरेको छ । मंगलबार गाउँपालिकाले पालिकाको एक कार्यक्रम आयोजना गरी पालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । सार्वजनिकिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँसभाले गरेका विभिन्न निर्णय समेत सार्वजनिक गर्नुभएको थियो । नागरिक र सारोकारवालाई गाउँसभाले गरेका सबै निर्णय जानकारी गराउन कार्यक्र आयोजना गरिएको उहाँले बतानउनुभयो । गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्य, गाउँपालिका स्थिति राजनीतिक दल, नागरिक अगुवा लगायतको सहभागितामा गरिएको सार्वजनिकिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा पालिकामा कक्षा तीन, पाँच र आठको परीक्षा र समग्र पालिकाभरिको शैक्षिक गतिविधिमा उत्कृष्ट हुने विद्यालयलाई नगद पुरस्कार सहिति सम्मानित गरिएको थियो ।