ताजा समाचार


रामेछापमा राष्ट्रिय परिचयपत्र बितरणको लागी बिवरण संकलन सुरु

 नेपाल बाहक    १ श्रावण २०७७, बिहीबार १०:०३     268 जनाले पढ़िसके

रामेछाप । राष्ट्रिय परिचयपत्र बितरणको लागि रामेछाप बिवरण संकलनको काम बिहिवारबाट सुरु भएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख पे्रम बहादुर खड्काले व्यक्तिगत विवरण सहित फोटो खिचाए पछि रामेछापमा औपचारीक रुपमा बिवरण संकलनको कार्य सुरु भएको हो ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यलय रामेछापबाट बिवरण संकलनको कार्य सुरु भए पनि छिट्टै रामेछापका ८ वटै स्थानीय तहसंग समन्वय प्रत्येक स्थानीय तहको केन्द्रबाट स् विवरण दर्ता व्यवस्था मिलाइने रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्माले बताउनु भयो ।
विवरण संकलनको काम सुरु भएको पहिलो दिन जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि , जनप्रतिनिधि , पत्रकार लगायत नागरिकता र राहदानी बनाउँन आएका नागरिकहरुले आफ्नो स्थायी विवरण दर्ता गराएका छन् । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा अहिले दैनिक करिव ३० जनाले नेपाली नगरिकता र करिव १५ जनाले राहदानी बनाउँने गरेका छन् । सरकारले वि.स २०७५ मंसिर ३ गते पाँचथर जिल्लाका १०१ वर्षका जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरणको औपचारिकरुपमा सुरुवात गरेको थियो ।