रामेछाप । रामेछापमा पाचँ सय १६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षण २३ जनाको रिर्पोट पोजेटिभ, ४८५ जनाको नेकेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । जारी बिज्ञप्तिमा ८ जनाको रिर्पोट आउन बाकिँ रहेको समेत उल्लेख गरिएको छ ।
शुक्रवार सम्म रामेछाप जिल्लाको मन्थली नगरपालिकामा ९३ जना, रामेछाप नगरपालिकामा ५८ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोगुलगंगा गाउँपालिकामा १५३ जना,दोरम्वा गाउँपालिकामा १६ जना, लिखुतामाकोसिमा ९१ जना, सुनपाति गाउँपालिकामा १४ जना र जिल्ला अस्पताल रामेछापमा २६ जनाको आरडिटि बिधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
त्यस्तै रामेछाप जिल्लामा २ जना महिला र ६६ पुरुष गरि ६८ जनालाई क्वारेन्टिनमा राखिएको छ । तेस्रो मुलुक बाट आएको ६८ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा १२ जना, खाडादेबि गाउँपालिकामा १० जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्वा गाउँपालिकामा ८ जना, लिखुतामाकोसि गाउँपालिकामा १४ जना र सुनपाति गाउँपालिकामा ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।