ताजा समाचार


बर्षाको समयमा सतर्कता अपनाउन रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    ४ श्रावण २०७७, आईतवार ०५:१३     343 जनाले पढ़िसके

रामेछाप । शनिबार जिल्ला प्रशासन कार्यलय रामेछापले बर्षाको समयमा बाढि पहिरो र डुवानको संभ्भावना भएकाले सतर्कता अनुरोध गरेको छ । बर्षाको समयमा नदि क्षेत्रका बस्ती ढुवान हुन सक्ने भन्दै सकर्तता अपनाउन अनुरोध गरिएको हो ।
जल तथा मौसम पूर्व अनुमान शाखाका अनुसार साउन ४ देखि ८ गते सम्म देशका सबै स्थानमा बर्षात हुने भएकाले रामेछापमा पनि सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।
प्रशासकिय अधिकृत राम प्रसाद भटाराइले हस्ताक्षर गरिएको बिज्ञप्तिमा बिपद्मा सुरक्ष निकायलाई तयारी अवस्थाम राखिएको र घटना घटे नजिकैको प्रहरी चौकिमा खवर गर्न अनुरोध गरिएको छ । बढि पहिरो र ढुवानको जोखिम भएको बस्तीका नागरीक सुरक्षित बस्न र स्थानिय तहलाई सुरक्षित स्थानमा राख्ने ब्यबस्था मिलाउनु हुन भनिएको छ ।
सडक अवरुद्घ हटाउने समान तयारी अवस्थामा राख्न , खानेपानी, बिजुली, यातयात तथा सन्चार सुचार राख्न र आपतकालीन अवस्थामा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयको सम्पर्क नम्वरमा फोन गर्न अनुरोध गरिएको छ ।