ताजा समाचार


आइतवार एक सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    ४ श्रावण २०७७, आईतवार १३:३०     240 जनाले पढ़िसके


काठमाडौं, । आज थप एक सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतवार थप भएका संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ५८ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ९५ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।