ताजा समाचार


रामेछापमा ६९ जना क्वारेन्टिमा : ८ जनाको पिसिआर रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    ५ श्रावण २०७७, सोमबार ०९:५४     299 जनाले पढ़िसके

रामेछाप । बिभिन्न स्थानबाट रामेछाप प्रबेश गरेका ६९ जनालाई रामेछाप जिल्लाका बिभिन्न स्थानमा निमार्ण गरिएका क्वारेन्टिनमा राखिएको छ । भारत लगाएत तेस्रो मुलकबाट र कोरोना भाइरस प्रभाबित स्थानबाट आएका २ जना महिला र ६७ जना पुरुष गरि ६९ जनालाई क्वारेन्टिमा राखिएको स्वास्थ्य कार्यलय रामेछापले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ ।
रामेछापको मन्थली नगरपालिकामा २१ जना , रामेछाप नगरपालिकामा ११ जना, खाडादेबि गाउँपालिकामा ७ जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्बा गाउँपालिकामा ८ जना, लिखुतामाकोसि गाउँपालिकामा ७ जना र सुनपाति गाउँपालिकामा ५ जनालाई क्वारेन्टिमा राखिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा पाचँ सय १७ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा ४८६ जनाको रिर्पोट नेकेटिभ र २३ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ८ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा जनाइएको छ ।