ताजा समाचार


रामेछापमा एक बर्षमा ७ हजार २ सय ५० सवारी कारवाहि : ५२ लाख ५५ हजार राजश्व संकलन

 नेपाल बाहक    ५ श्रावण २०७७, सोमबार १३:३४     368 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्ला गत आर्थिक बर्षम ७ हजार भन्दा बढि सबारी कारबाहिमा गरेका छन् । २०७६ साउन देखि २०७७ असार मसान्तमा सम्म रामेछापमा ७ हजार २ सय ५० सवारीलाई कारवाहि परेको र यस बाट ५२ लाख ५५ हजार राजश्व संकलन भएको जिल्ला ट्रफीक प्रहरी कार्यलय रामेछापले जनाएको छ ।
त्यसै रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेका अनुसार रामेछापमा एक बर्षको अवधिमा सवारी दुर्घटनामा परेर १२ जनाको ज्यान गएको छ ।
प्रमुख पाण्डेका अनुसार मृत्यु हुनेमा ७ जना २५ देखि ६० वर्षका पुरुष, ३ जना १९ वर्ष मुनिका बालिका र ३६, ४१ वर्षकी दुई महिला रहेका छन् । भने सडक दुर्घटनामा परि ६३ जना घाइते भएका छन् त्यसमा २३ जना गम्भीर घाइते भएका छन् । ४३ जना सामान्य घाइते भएका थिए ।