ताजा समाचार


केरुङ च्छो पोखरी फुट्न सक्ने भन्दै नदि आसपासका क्षेत्रमा सर्तक हुन रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    ६ श्रावण २०७७, मंगलवार १०:१९     460 जनाले पढ़िसके


रामेछाप । चिनको केरुङ च्छो पोखरी फुट्न सक्ने भन्दै नदि आसपासका क्षेत्रमा सर्तकता अपनाउन रामेछाप प्रशासनको अनुरोध गरेको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रा देबि शर्माले मंगलवार एक प्रेस बिज्ञप्ति जारी गरी सुनकोसि र तामकोसि नदिको आपसपासका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गर्न भएको छ ।
केरुङ च्छो पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट , राकाथुमको बेलघारी नजिकका घरधुरी , सुनापति गाउँपालिका ४ का दोभानटार , सिन्धुरेटार , चथ्डीटार आसपासका र तामाकोशी नदी आसापासका बस्तीमा क्षेति गर्ने छ । त्यस क्षेत्रका वाससिन्दा , स्थानिय तह , अन्य सरोकारवाला व्यक्ति र निकायलाई उच्च सतर्कता अपनाउन सम्भावित जोखिमबाट बच्न , पुर्व तयारी गर्न , नजिकको सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन बिज्ञप्तिमा अनुरोध गरिएको छ ।