रामेछाप । रामेछापमा मंगलवार दुइजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ८ जनामध्ये एक महिला र एक पुरुष गरी दुई जनाको रिपार्नेट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । संक्रमण दखिनेमा सुनापति गाउँपालिकाकी २६ वर्षीया महिला र दोरम्बा गाउँपालिकाका २५ वर्षका पुरुष छन् । हाल सम्म रामेछापमा ५ सय १७ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।