ताजा समाचार


रामेछापमा पाचँ सय ३० जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण

 नेपाल बाहक    ७ श्रावण २०७७, बुधबार १०:४३     279 जनाले पढ़िसके

रामेछाप । बुधवार रामेछापमा थप ३० जनाको पिसिआर बिधिबाट कोरोना भाइरसको परिक्षण गरिएको छ । यो संगै रामेछापमा पाचँ सय ३० जनाको पिसिआर बिधिबाट कोरोनाको परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापल प्रेस बिज्ञप्ति जारी गरी जानकारी गराएको छ । आज रामेछाप नगरपालिकाका थप १३ जनाको स्वाव संकलन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा २५ जनाको रिर्पोट पोजेटिभ , ४९२ जनाको नेकेटिभ र १३ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा २७ जना, मन्थली नगरपालिकामा ९३ जना, रामेछाप नगरपालिकामा ७१ जना, उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगामा १५३ जना, दोरम्वा गाउँपालिकामा १६ जना, लिखुतामाकोसि गाउँपालिकामा ९१ जना र सुनपाति गाउँपालिकामा ६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको हो ।
त्यस्तै रामेछाप जिल्लाका बिभिन्न स्थानिय तहले निमार्ण गरेको क्वारेन्टिमा ३ महिला र ७२ जना गरि ७५ जना रहेका छन् । मन्थली नगरपालिकामा २७ जना, रामेछापमा ११ जना, खाडाँदेबि गाउँपालिकामा ७ जना, गोकुलगंगामा १० जना, दोरम्वामा ७ जना , लिखुतामाकोसिमा ७ जना र सुनपातिमा ६ जना लाई क्वारेन्टिनमा राखेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।