ताजा समाचार


रामेछापमा जवरजस्ती करणीका घटना ह्वातै बढ्यो

 नेपाल बाहक    ७ श्रावण २०७७, बुधबार ११:२७     659 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा जवरजस्ती करणीका घटना बढ्दो क्रममा रहेको रामेछाप प्रहरीको तथ्यङकले देखाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा मात्र रामेछापमा १६ वटा जवरजस्ती करणीका घटना दार्ता भएको थिए भने ५ वटा जवरजस्ती करणि उद्योगका मुदा दर्ता भएको बुधबार प्रहरी कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जनाकरी गराइएको थियो । दर्ता भएका घटना मध्ये १३ वटा पच्छौट भएका ३ वटा पच्छौट हुन बाकिँ रहेको गते आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । रामेछापमा आर्थिक बर्ष २०७४÷७५ मा ६ वटा र २०७५÷७६ मा ५ वटा जवरजस्ती करणीका मुदा दर्ता भएका थिए भने २०७४÷७५ मा ५ वटा र २०७५÷७६ मा १ वटा जवरजस्ती करणी उद्योगका घटना दर्ता भएको पत्रकार भेटघाट कार्यक्रममा जनकारी गराईको थियो ।
त्यस्तै रामेछापमा ३९ जनाले झुण्डीएर आत्मा हत्या गरेका छन् । भने ११ जनाले बिष सेवन गरेर आत्महत्या गरेको छन् । रामेछापमा जिल्लामा एक बर्षको अवधिमा महिला ५१ जना , बालक १० जना , बालिका १५ जना गरि ७५ जना हराएका थिए । भने महिला ३६ जना ,बालक ६ जना र बालिका १३ जना गरी ५५ जनालाई फेला परेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । एक वर्षको समयावधिमा घरेलु हिंसाका ३७ वटा उजुरी परेकोमा २८ वटा मिलापत्र , ५ वटा सम्पर्कमा नआएको , ३ वटाको आवश्यक काम बाँकि रहेको र एउटा बहुबिबाह मुद्दामा परिणत भएर अदालत गएको जानकारी गराइएको थियो ।