ताजा समाचार


खिम्तिको पुलबाट हामफालेर एक जनाले गरे आत्मा हत्या

 नेपाल बाहक    ७ श्रावण २०७७, बुधबार १३:१६     536 जनाले पढ़िसके

रामेछाप । रामेछाप र दोलखा जोड्ने खिम्ति खोलाको हामफालेर एक जनाले आत्मा हत्या गरेको छन् । बुधबार दोलखा जिल्ला जिरी नगरपालिका वडा नं २ रजनटोल बस्ने ६० वर्षका लाल बहादुर बस्नेतले पुलबाट हामफालेर आत्महत्या गरेको रामेछाप प्रहरी जनाएको छ । रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार जिरी नगरपालिका वडा नं १ पुम्पा स्थित दोलखा र रामेछाप जोड्न खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउँनु बित्तिकै गएको इलाका प्रहरी कार्यालय जिरी बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली र प्रहरी चौकी शिवालय रामेछापबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा २ जनाको टोलीले खोजी गर्ने क्रममा हामफालेको ठाउंदेखी अन्दाजि २ किलोमिटर दक्षिण तर्फ खिम्ती खोलाको भंगालोको बिचमा तैरिरहेको अबस्थामा १ः३० बजे फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उक्त लास निकाल्ने प्रयास भैरहेको छ ।