विकास र प्रविधिले फड्को मारेको हेर्दा लाग्छ हामी धेरै अगाडि बढी सक्यौ । बदलिदो युगसगै ँहाम्रो चेतना स्तरमा पनि उत्तिकै विकास भैसकेको छ । समय निक्कै अगाडि बढी सकेको छ । खासगरी महिला दिदीबहिनीको हकमा धेरै परिवर्तन आइसक्यो । यसले हाम्रो क्षमता ,दक्षता र आत्मासम्मानमा धेरै विकास भई सक्यो । समाजमा महिलालाई हेर्न दृस्ठिकोण परिवर्तन भइसक्यो । महिला पुरुष एउटा रथका दुई सिक्का हुन् ,एक बिना अर्को अधुरो हुन्छ । बाहिर हेर्दा अब महिला र पुरुष बीच कुनै विभे छैन भन्ने लाग्छ ।
विडम्बना भित्र पसेर हेर्दा यस्तो हुन सकेकै छैन । अझै पनि हामी समाजमा महिलाको कपडामा उसको योग्यता र क्षमतालाई मापन गरिरहेकाछौ । केही दिन अधि सामाजिक संजालमा एउटा फोटो भाइरल भयो, सरकारी बाइकमा पछाडि बसेकी एक जना महिलाले लगाएको कपडालाई लिएर धेरै कोणबाट विश्लेषण गरियो । फेसबुकेहरुले त्यो फोटो इडिट गरेर एकथोकलाई अर्र्कै बानाइदिए । फोटाले विश्व हल्लायो ।
सरकारी सम्पत्ति को गलत प्रयोग हुनुहुँदै । यदि त्यस्तो भयो भने खबरदारी गर्नु एउटा जिम्मेवार नागरिक को कर्तव्य हो । तर समय परिस्थिति नबुझी कसैको व्यत्तिmगत चरीत्र हत्या गर्न खोज्नु अपराध हो । मोटरसाइकलमा चढ्ने लिफ्ट दिएको कोही मान्छ पनि हुनसक्छ । कर्मचारी नै पनि हुनसक्छन् । उसको आफन्त नै भएपनि साधन खाली हुँदा प्रयोग भयो होला । जो कोहीले पनि कहिलेकाहीँ तेस्तो सहयोग लिन पुग्छ । सधैं हामीले आँखाले जे देख्यो तेहि सत्य हुन्छ भन्ने पनि छैन । हरेक कुराको पछाडि कारण बुझ्न् जरुरी हुन्छ । कुरानै नबुझी हावाको भरमा दौडनु मुर्खता हुन्छ ।
रह्यो कुरा त्यो तस्वीरमा देखाइएकी युवतीको । उनी अहिलेसम्म कहाँ कहाँ पुगिन् थाहा छैन । तर उनको तस्वीरले भने विश्व भ्रमण गर्यो । यहाँ भन्ने खोजिएको कुरा उनले लगाएको कपडाको हो । अखिर महिलोको चरीत्र र उसको स्वाभाब लाई किन कपडा मा मापन गरिन्छ रु के हरेक स्त्रीको चरीत्र उसको कपडा मा भर पर्छ त रु त्यसो हो भने बाहिर शरिर पुरा ढाक्ने कपडा लगाएर भित्र जे गरेपनि भइहाल्यो नि । दोष कपडाको हैन हेर्ने दृष्टिकोणको हो ।
त्यो तस्वी एउटा पुरुष हुन्थ्यो भने त्यो कुनै चर्चाको विषय हुने थिएन । यहाँ नजर सरकारि सम्पत्तिको दुरुपयो भन्ने विषयमा लागेको हैन सवार स्त्रीले लागाको कपडामा गाएको हो । लुका कस्तो छान्ने, कस्तो लगाउने उनको व्यक्तिगत स्वतन्त्रताको कुरा पनि त हालो नि । अखिर कपडा माथि प्रश्न किन रु उनी फर्मल ड्रेसमा कार्यालय गएकी पनि त हैनन् ।
पुरुषले सेन्डो लगाएर हिँड्दा कहीँ प्रश्न उठ्दै न । तर महिलाले पिठ्युँ देखाउँदा यत्रो प्रश्न । आखिर महिला न पुरुष ,शरीर त दुबैको एउटै हो । तर हेर्ने दृष्टिकोण फरक हुनु भनेकै लैँगिक विभेद हो ।
एक पुरुष अर्धनग्न हुँदा नदेख्ने समाज स्त्रीले अलिकति शरीर देखिने कपडा लगाउँदा छाडा र चरीत्र हिनको उपमा दिन्छ । एउटी महिलालाई परपुरुषसँग यौन सम्बन्ध राखेको भनेर गाउँबाट बहिस्कार गर्ने यो समाज ऊसँग सम्बन्ध राख्ने पुरुषलाई सजाय पाउने डरले रातारात भगाउँ छ । समाज त आखिर त्यही हो । फ़ेरि महिला र पुरुषमा किन विभेद रु छोराले गरेको गल्ती माफ गर्न सक्ने बाबुआमा छोरीको गल्तिलार्इ आफ्नो इज्जतको नाममा घरबाट बहिष्कार गर्छन् अनि समाजबाट बहिस्कार हुनुपर्छ ।
कहिलेकाहीँ चिया पसलमा जाने बुझेकै पुरुषले कुरा गरेको सुनिछ, केटीहरु दुई भित्ताको कपडा लगाए हिंड्छन अनि बलात्कार भयो भनेर हामी पुरुषलाई दोष दिन्छन् । आफ्नो आकर्षक शरीर देखाएर बाहिर निस्कनु भएननी भन्ने यस्तो शब्द सुन्दा उनीहरु को त्यो घटिया सोच प्रति दया पलाएर आउँछ । पुरुष आफू पुरुष भए वापत आफ्नो शरीरलाई आफ्नो बसमा राख्न सक्दैन दोष अनि नारीले लगाउने कपड मा देख्छ । दोषी कपडा होइन नारीलाई हेर्न त्यो दृस्ठि को हो, जसले नारीलाई पुरुषहरूको मनोरञ्जनको साधन सम्झन्छन् ।
छोटा कपडा लागाए बापत पुरुष बलात्कार भएको अहिलेसम्म सुनिएको छैन । पाँच बर्षको बालक महिलाद्वारा बलात्कृत भएको पनि सुनिदैन । यदि कपडा नै दोषी हुन्थ्यो भने महिला पनि त पुरुष प्रति त्यतिकै आकर्षित हुनुपर्ने हो नि । किनकि पुरुषले लगाउने छोटा कपडा पनि हुन्छन् । महिलाद्वारा पुरुष पनि बलात्कार हुनुपर्ने । त्यसैले दोष हाम्रै सोच मा छ जुन हामी कहिल्यै देख्न चाहँदैनौ ।
दुर्भाग्य समाजमा प्रतिष्ठित नाम कमाएका वुद्धिजीवि भनाउँदा पुरुषबाट नै महिला पीडित भएका छन् । महिलालाई हेरेर आफ्नो यौन चाहना पूरा गर्न खोज्ने ती पुरुषका लालायित आँखाले अब आराम पाउनै पर्छ । आफ्नो शरीरलाई कन्ट्रोल गर्नै पर्छ । महिलासँग छोइएर सन्तुष्टि लिन खोज्ने पुरुषका ती पापी मनलाई बाध्नै पर्छ । पुरुषहरु आफैले महिलाको शरीरप्रति आशक्ति देखाउछन् । अनेक बाहानामा महिलाप्रती नजिक हुन खोज्छन् । अनि आफै महिलाको चरित्रको कुरा गर्छन् । यो भन्दा गलत के हुन्छ रु
यसको अर्थ सबै पुरुष खराब हुन्छन् भन्न पनि खोजेको होइन र सबै महिला एकदमै ठिक छन् भन्न पनि खोजेको होइन । समाजमा दुई चार जना खराब नियत भएका यस्ता महिला पुरुष दुबै छन् । जसले राम्रोलाई पनि नराम्रो बनाइ रहेका छन्। तथापि महिलाको हकमा पुरुष अलि बढी ब्यभिचारी छन्, त्यो चै सत्य हो । त्यसैले हामीले हाम्रो आफ्नो ब्यात्तिmगत जिन्दगी कसरी जिउने भन्ने कुरा को आफैले निर्णय गर्ने हो ।
पहिरन कस्तो लगाउँदा आफुलाइ ैसहज लाग्छ त्यस्तै लगाउने हो । समाजमा खुलेर जिउन पाउने हक सबैलाई हुन्छ । अरुले हामिमाथी न्याय गर्छन् गर्दैनन् भन्दा पनि आफूले आफुमाथी न्याय गर्ने हो । तर समाजमा जबसम्म पुरुषवादी सोच रहन्छ , महिलालाई हेरिने दृष्टिकोण फेरिदैन । यसरी नै महिला एकतर्फी दोषी बनिरहन्छ्न् । त्यसैले सकारात्मक सोच आजको आबश्यकता हो । सबैलाई फूलको आँखाले हेरौँ संशार फूलै फूलको देखिन्छ ।
लेखक : प्रमिला सुवेदी