ताजा समाचार


सवारी कारवाहिबाट सिन्धुलीमा एक बर्षमा एक करोड आठ लाख रुपैया राजश्व संकलन

 नेपाल बाहक    १२ श्रावण २०७७, सोमबार १०:४६     241 जनाले पढ़िसके

सिन्धुली । सिन्धुलीमा सवारी कारवहिबाट एक बर्षमा एक करोड आठ लाख रुपैया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७६÷७७ मा ट्राफिक नियम उल्घन गरि सवारी चलाउने बाट सो राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।
गत आर्थिक बर्षमा सिन्धुलीमा साना ठुला गरी १३ हजार २ सय ५० सवारी कारवाहिबाट सो रकम जम्मा भएको कार्यलयले जनाएको छ । अघिल्लो आर्थिक बर्ष ०७५÷०७६ मा १७ हजार ७२२ सबारी साधनलाई का रबाही गर्दा एक करोड २० लाख ४८ हजार रुपैया राजश्व संकलन भएको थियो ।

त्यस्तै गत आर्थिक बर्ष ०७६÷०७७ मा सिन्धुलीमा ६६ वटा सबारी दुर्घट्ना भएको छन । दुर्घटनामा ३४ जना मानिसको ज्यान गएको छ । भने ७१ जना घाईते भएका छन् भने ५१ जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले जनाएकोे छ ।