काठमाण्डौ । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष , धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको रहेको मन्त्रालयले जनाएको छ ।