ताजा समाचार


रामेछापमा थप २६ जनाको स्वाव संकलन

 नेपाल बाहक    १३ श्रावण २०७७, मंगलवार ०८:१४     279 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा कोरोना परिक्षणको लागि मंगलवार थप २६ जनाको स्वाब संकलन गरिएको छ । कोरोना भाइरस प्रभाबित स्थान बाट आएर मन्थली नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिमा बसेका १४ जना र गोकुलगंगा गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टिमा बसेका १२ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म ५ सय ५६ जनाको स्वाव परिक्षण गरीएको छ । जसमा २५ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको छ भने ५ सय ५ जनाको रिर्पोट नेकेटिभ र २६ जनाको रिर्पोट आउन बाकिँ रहेको छ । जारी बिज्ञप्तिमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा २७ जना , मन्थली नगरपालिकामा १०७ जना, रामेछाप नगरपालिकामा ७१ जना ,उमाकुण्ड गाउँपालिकामा ३२ जना, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगा गाउँपालिकामा १६५ जना,दोरम्वा गाउँपालिकामा १६ जना, लिखु तामाकोसि गाउँपालिकामा ९१ र सुनपाति गाउँपालिकामा १४ जनाको स्वाव परिक्षण गरिएको उल्लेख गरिएको छ । भने रामेछाप जिल्लामा १८५ महिला र ७०७ पुरुष गरि ८ सय ९२ जनाको आरडिटि परिक्षण गरिएको हो ।
त्यस्तै रामेछाप जिल्लामा ६ महिला र ५६ पुरुष क्वारेन्टिमा रहेका छन् । भने संक्रमण रोकथामको लागि रामेछापमा ५ सय ९ क्वारेन्टि बेड र ८९ वटा आइसोलेसन वडको स्थापना गरीएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।